• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विप्लव कार्यकर्ताकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' समूहको  विरोध प्रदर्शनमा सहभागी भएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार काठमाडौंको ढल्कुमा भारतले नेपालकाे सीमा मिचेको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहँदा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

भारतीय पक्षले नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गर्दै थियो । 

विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले धरपकड गर्दा प्रदर्शनमा उपस्थितको भागदौड चलेको थियो । प्रहरीको हस्तक्षेपपछि साे समूहले केही समय प्रदर्शन गदै कोणसभा गरेको थियो ।  

 

प्रतिकृया दिनुहोस