• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ट्विटरबाट फेरि हट्याे चरा, 'एक्स' नयाँ लाेगाे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्विटरका प्रमुख एलन मस्कले टुइटरकाे लाेगाे परिवर्तन गर्नुभएकाे छ ।

मस्कले निलो चरालाई हटाएर अंग्रेजी अक्षर ‘एक्स’ लाई लाेगाेकाे रुपमा प्रतिस्थापन गर्नुभएकाे छ ।

एलोन मस्कले आइतबार एक ट्वीट गर्दै ट्विटरले आफ्नो लोगोलाई "एक्समा" मा परिवर्तन गर्ने र प्लेटफर्मबाट चराको छवि हटाउने उल्लेख गर्नुभएकाे थियाे ।

केहि समय अघि पनि चरा हटाएर कुकुर राखिएकाे थियाे । केही विवाद पछि कुकुर हटाएर ट्विटरमा पुन: चरा फर्काइएकाे थियाे । 

मस्क पहिले देखि नै ट्विटरबाट चरा हटाउने पक्षमा हुनुहुन्थ्याे । कुकुरमा विवाद परेपछि हालसालै मस्कले ट्विटरकाे चरालाई 'एक्स'मा परिवर्तन गर्नुभएकाे छ ।

ट्विटरका प्रमुख कार्यकारी लिन्डा याकारिनोले आइतवार 'X' ब्रान्डको सुरुवात भएको पुष्टि गर्नुभएकाे थियाे । 

मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा माइक्रोब्लगिङ प्लेटफर्म किन्नुभएकाे थियाे । अप्रिलमा 'X, the everything app' सिर्जना गर्ने उद्देश्यले उहाँले आफ्नो पहिलेको उद्यम X.com बाट प्रेरित भएर कम्पनीको नाम परिवर्तन गरी X Holdings Corp राख्नुभयाे ।

अधिग्रहण पछि, मस्कले कम्पनीमा उल्लेखनीय परिवर्तनहरू लागू गरे । उहाँले प्रयोगकर्ताहरूबाट प्रमाणिकरण "ब्लू टिक्स" हटाउनु भयाे । प्रयोगकर्ताहरूलाई प्रमाणीकरणको लागि भुक्तानी गर्न अनुमति दिने प्रणाली ट्विटरमा लागु गरियाे । यद्यपि, यो निर्णयले आलोचना प्राप्त गर्यो र पछि सार्वजनिक प्रतिक्रियाको कारण परिमार्जन उल्टाइयो ।

मस्कले कम्पनीको जिम्मा लिएपछि, धेरै विज्ञापनदाताहरूले प्रारम्भिक अराजक चरणमा उनीहरूको ब्रान्डको छविको बारेमा चिन्ताको कारण प्लेटफर्म छोडे । यस मुद्दालाई सम्बोधन गर्न कम्पनीले याकारिनोलाई नयाँ सीईओको रूपमा नियुक्त गर्‍यो, जो पूर्व एनबीसीयू विज्ञापन बिक्री प्रमुख थिइन ।

ट्विटरले हालसालै मेटाको नयाँ एप थ्रेड्ससँग प्रतिस्पर्धा गरिरहेको छ, जुन ट्विटरसँग असन्तुष्ट भएकाहरूका लागि विकल्पको रूपमा सुरू गरिएको थियो ।

प्रतिकृया दिनुहोस