‘निलो बर्दीमा दाग नलागोस्’– आईजीपी खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको निलो बर्दीमा दाग लाग्ने काम गर्ने छुट कसैलाई नहुने बताएका छन् ।
शुक्रवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित इन्सपेक्टर–१७९ औं ब्याचको दिक्षान्त समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
‘निलो बर्दीमा दाग लाग्ने काम कसैले गर्न पाउने छैन’ – आधारभुत तालिम सकेर कार्यक्षेत्र प्रवेश गर्न लागेका प्रहरी निरीक्षहरुलाई खनालले भने– ‘कार्यक्षेत्रमा काम गर्दा कसैले बर्दीमा दाग लगाउने काम गरेमा त्यो क्षम्य हुँदैन ।’
कतिपय प्रहरी अधिकृतहरुमा आदेशको पालना मात्रै गरेमा सफल प्रहरी अधिकृत बनिन्छ भन्ने दृष्टिदोष रहेको भन्दै उनले भने– ‘आदेशको पालना मात्रै सफल प्रहरी बन्ने सूत्र हो भन्ने दृष्टिदोषबाट मुक्त हुनुपर्छ ।’
खनालले कुनै पनि आवरणमा हुने अपराधलाई पद र हैसियतले छेक्न नसक्ने दावी गरेका छन् ।


प्रतिकृया दिनुहोस