मेटाकाे म्यासेन्जर र इन्स्टाग्राममा समस्या
काठमाडौं । मेटाको म्यासेजिङ एपमा समस्या आएको छ ।
मेटाकाे म्यासेन्जर र इन्स्टाग्राममा विश्वभर नै समस्या देखिएको छ ।
प्रयोगकर्ताले डाउन डिटेक्टरमा समस्या आएकाे भन्दै रिपोर्ट गरेका छन् ।
फेसबुकको म्यासेन्जर ‘सर्भर’सँग कनेक्ट नहुने र म्यासेज निक्कै ढिला मात्रै आउने–जाने समस्या देखिएको छ ।
यस्तै, इन्स्टाग्राममा पनि म्यासेज नजाने समस्या देखिएको छ । यस्तै, इन्स्टाग्राममा स्टोरी पनि अपलोड नहुने समस्या देखिएको छ ।
कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् ।
केही प्रयोगकर्ताले फोटो र भिडियो दुवै पठाउन नमिलिरहेको बताएका छन् ।
नेपाली समयअनुसार आज दिउसो २ः४५ बाट फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिन थालेको हो ।
सुरुवातमा युरोप र जापानमा यस्तो समस्या देखिएको हो । त्यसपछि भारतसँगै नेपालमा पनि त्यही समस्या देखिएको हो ।
समस्याबारे धेरै प्रयोगकर्ताले पोस्ट गर्न थालेका छन् ।
मेटाले बिहीबारमात्रै आफ्नो ट्विटरको प्रतिद्धन्द्धी एप थ्रेड्स सार्वजनिक गरेको थियो ।


प्रतिकृया दिनुहोस