• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘अब सुन्दर सपनाहरुको मलामी जान सकिँदैन’

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेकपाकी सांसद शान्ता चौधरीले कहिँ कतै कुनै घटना घट्ला अनि जुलुस निकालौंला भनेर प्रमुख प्रतिपक्षीले पर्खिएर बस्न नहुने बताएकी छिन् । उनको भनाई छ– ‘नेपाली जनता अब आफूले देखेको सुन्दर सपनाको मलामी जान सक्दैनन् । समृद्ध देश निर्माण गर्ने अभियानमा सक्रिय सहभागी बनेर सरकारलाई रचनात्मक सहयोग गरौं अन्यथा अकल्पनीय आरोप लगाएर सरकारलाई लाठी बर्साउँछु भन्दा आफै दण्डित बन्नपर्ला ।’

प्रतिनिधि सभा वैठकको शून्य समयमा बोल्दै उनले भनिन्– ‘हाम्रा आस्था फरक छन् होला तर देश सबैको साझा हो  । सुन्दर देश बनाउनु हामी सबैको दायित्व हो । प्रतिपक्षी दलका साथीहरुलाई मेरो आग्रह छ– देशलाई समृद्ध बनाउने तपाइहरुको एजेण्डा के हो ? त्यसमा बसह गरौं ।’

सांसद विरोध खतिवडाले माध्यमिक तहमा दस प्रतिशतले निशुल्क शिक्षा पाउने र उच्च तहमा निजी विद्यालयबाट आएकाले निशुल्क नपाउने अवस्था रहेको बताए । उनले भने– ‘निशुल्क शिक्षाको अवसर दलित लोपोन्मुखले पाउँछन् तर माध्यमिक पार गरेर उच्च शिक्षामा चाहिँ पाउँदैनन् । निजी तथा आवासीय विद्यालयबाट आएकाहरुलाई निशुल्क शिक्षाको अवसर दिइँदैन । सामुदायिक विद्यालयबाट आएकाले मात्र पाउँछन् । देशले दलित तथा लोपोन्मुख वर्गर्लाइ सुविध र अवसरका लागि दिएको चिज उच्च शिक्षामा पाइँदैन भने के अर्थ भयो ?’ 


विमला विश्वकर्माले शून्य समयमा चिया वगानका मजदूरहरुको समस्या उठाउँदै भनिन्– ‘सरकारले चिया मजदूरको न्यूनतम् ज्याला दुईसय ७८ रुपैयाँबाट बढाएर तीनसय ८५ रुपैयाँ बनाएको छ तर न्यूनतम् ज्लाया कार्यान्वयन भएन । विभिन्न बहानामा दिन आलटाल गरिएको छ । सरकारले न्यूनतम ज्याला कार्यान्वयन गरोस् ।’


 

प्रतिकृया दिनुहोस