कुलमानले पाए नास्ट प्रविधि पुरस्कार
काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट पुरस्कृत गरिएकाे छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यस बर्षको ‘नास्ट प्रविधि पुरस्कार’ घिसिङलाई दिएको हो । विद्युत आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याएकाे भन्दै उनलाई साे पुरस्कार दिइएकाे हाे ।
नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले घिसिङलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारकाे राशी एक लाख रुपैयाँ नगद र सम्मान पत्र छ ।


प्रतिकृया दिनुहोस