आज थपिए ९९ संक्रमित
काठमाडाैं । नेपालमा थप ९९ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ३ सय ७७ पुगेको छ । नेपालमा पछिल्लाे समय संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ । नेपालमा आज ५० जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस