• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपाल वायु सेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का दुई महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्नुभएकाे छ ।

पाइलट भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले काठमाडाैंदेखि संयुक्त अरब इमिरेट् (युएई) काे दुबईका लागि अन्तर्राष्ट्रिय उडान गर्नुभएकाे निगमले जनाएकाे छ ।

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेकाे बताइएकाे छ । पन्त र राउतले निगमको एअरबस ए-३२० जहाज शनिबार राति ११ बजे काठमाडाैंबाट दुबईका लागि उडान भर्नुभएकाे हाे । दुबईबाट यात्रु लिएर उहाँहरु २४ गते बिहान काठमाडाैं फर्कने उडान तालिका छ ।

प्रतिकृया दिनुहोस