अाठ केजी सुन तस्करी, दुई चिनियाँ गिरफ्तार
काठमाडौं । त्रिभुवन विमानस्थल तस्कारी गरेर ल्याइएको ८ किलो सुन सहित दुईजना चिनियाँ पक्राउ परेका छन् ।
उनीहरुलार्ई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । भन्सार छलेर सुन भित्राउन खोजेपछि उनीहरु पक्रा परेको भन्सार कार्यालयले जनाएको छ ।
हङकङबाट काठमाडौं आउँदै गरेका चिनियाँ नागरिक चेन क्विनहाङ र चेन झाओयाङ लाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका डिआईजी शैलेस थापाले पुष्टि गरेका छन् ।
दुवैजनाले सुनको चारचारवटा नम्बरी ढिका बोकेका थिए । हरेक ढिका एक केजीको रहेको बताइएको छ ।
महानगरीय प्रहरी वृत गौशालाको हिरातसमा राखेर उनीहरु बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्रिभुवन विमास्थलबाट केही महिना यता विरलै मात्र सुन बरामद हुने गरेको छ । चुडामणि उप्रेती उर्फ गोरेको समूह छिन्नभिन्न भएपछि सुन तस्करी केही घटेको मानिन्छ । विमानस्थलबाट सुन तस्करी घटे पनि सडकमार्गबाट सुन तस्करी हुने गरेको देखिन्छ । खासगरी चीनबाट नेपालतर्फ सुन तस्करी हुने गरेको छ । चीनतर्फको नाकाबाट तस्करी भई आउने सुन बेलाबेला बरामद पनि भइरहेको छ ।


प्रतिकृया दिनुहोस