सुरु भयाे नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी
काठमाडाैं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेको मेलाको शहरी विकास मन्त्री बिक्रम पाण्डेले उद्घाटन गर्नुभयो ।
नेपाल बिल्डकनका साथै नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एंड कन्सट्रकसन एक्स्पो फाल्गुन १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछन् ।
प्रदर्शनीमा विभिन्न देशका ३ सय बढी ख्याती प्राप्त ब्राण्डहरुका २ सय भन्दा बढी स्टल छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रिफ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल लगायत सामग्री राखिएको छ ।


प्रतिकृया दिनुहोस