• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

३८ लाखसहित समातिए हुण्डी कारोबारी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले न्युरोडबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं–१८ नरदेवीका गोवद्र्र्धन सरावगी र अर्घाखाँचीका कृष्णप्रसाद भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ३८ लाख बरामद भएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

कृष्णप्रसादलाई अन्जनी ओभरसिजका संचालक गोबद्र्धन सरावगीले ३० लाख रुपैयाँ हुण्डी गर्न दिएका थिए ।

सरावगीले हुण्डी कारोबारका लागी सञ्चय गरेर राखेको थप ८ लाख १२ हजार नगद र विभिन्न ब्यक्तिको नाममा काटिएको चेक प्रहरीले फेला पारेको छ ।

 

प्रतिकृया दिनुहोस