राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिवकाे भेट
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएकाे छ ।
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव क्वात्राले साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे काठमाडाैंस्थित भारतीय दूतावासले जनाएकाे छ ।
भेटमा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाउनुभएकाे थियाे ।
नेपालकाे दुई दिने औपचारिक भ्रमणका लागि साेमबार मध्यान्ह काठमाडाैं आइपुग्नुभएका क्वात्रा दिउँसाे नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनुभयाे ।
साे बैठक सकेर उहाँ परराष्ट्रमन्त्री डा. विमला राई पाैड्यालसँग शिष्टाचार भेट गर्न सिंहदरबार पुग्नुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस