घुस लिने प्रनानि कलवारविरुद्ध मुद्दा
काठमाडौं । प्रहरीकाे पाेशाक लगाइ भ्रष्टाचार गर्ने बाराका प्रनानि जटाशंकरप्रसाद कलवार विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
भारतबाट मालसामान ल्याउन सहज गराई दिने बहाना सेवाग्राहीसँग घुस मागेका कलवार विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्दा दायर गरेको हो ।
आयोगले कलवारलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत कार्तिक १४ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
आयोगले कलवारलाई घुस रकम जफत गर्दै पचास हजार देखि एक लाखसम्म जरिवाना र चार महिना देखि ६ महिनासम्म कैद सजाय हुनुपर्ने माग गरेको छ ।


प्रतिकृया दिनुहोस