• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रहेनन् वरिष्ठ पत्रकार कसजु

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । वरिष्ठ पत्रकार तथा राष्ट्रिय सूचना आयोगका प्रथम अध्यक्ष विनयकुमार कसजूको निधन भएको छ । निमोनियाकाबाट ग्रसित भएका कसजुकाे गत कात्तिक १९ गते देखि मेडिसिटी अस्पताकाे आईसीयूमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलबार उनकाे निधन भएकाे हाे ।

कसजुले गाउँले परिवेशलाई चित्रित गर्ने देउराली गाउँले भित्ते पत्रिकाको स्थापना गरेका थिए । उनको सन् १९४७ जुलाई १८ मा पाल्पाको तानसेनमा जन्म भएको थियो । तर, उनले आफ्नो बाल्यकालिन समय  गुल्मीको रिडीमा बिताए । सन् १९७० मा रिडीबाट उनी पाल्पा बसाईंसराईं गरेका आएका थिए भने १९९६ मा काठमाडौं बसाई‌ं सरेका थिए ।

कसजुले आफूलाई पत्रकारका साथै व्यङ्ग्यकारका रुपमा नेपाली जनमानसमा स्थापित गराए । उनको साहित्यमा विशेषतः छोटा कथा र बालसाहित्यको रस पाइन्छ । कसजुको योगदान प्रधान पञ्च देखि सामाज सेवकको रूपमा यो राष्ट्रमा रहदै आएको थियो । उनी सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा कार्यरत थिए ।

त्यस्तै उनले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य तथा मानव अधिकार आयोग र इन्सेकको जस्ता मानव अधिकारवादी सङ्घ संस्थामा सल्लाहकारको रूपमा पनि योगदान पुर्‍याएका थिए । कसजुले राष्ट्रिय सूचना आयोगको प्रमुखको रुपमा पनि योगदान गरेका छन् ।

बालसाहित्यतर्फ उनका एक सय भन्दा धेरै कृति प्रकाशित  छन् । कसजुका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायत बहुचर्चित कृति हुन् ।

प्रतिकृया दिनुहोस