ब्राउन सुगर बेच्ने ठूलो गिरोह समातियो
काठमाडौं । दाङको घोराहीबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित आठ जनालाई पक्रेको छ । पक्राउ परेका मध्ये धेरैजसाे ब्राउन सुगरका काराेबारी भएकाे प्रहरीकाे दावी छ ।
दुई समूहमा रहेका ब्राउन सुगर कारोबारीमध्ये एउटा समूहलाई घोराही उपमहानगरपलिका–१४ बसपार्कबाट र अर्को समूहलाई घोराही–१३ बाह्रकुने दहबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का विशाल पुन मगर, बिशाल सिंह नेपाली, महेश वली, आलोक डाँगी र प्रविण वली छन् । बसपार्कबाट पक्राउ परेको सो समूहको साथबाट प्रहरीले १० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
बाह्रकुने दह नजिकैबाट पक्राउ पर्नेमा रुकुम (पश्चिम) बाफेकोट बस्ने शेरबहादुर खत्री, रुकुम (पुर्व) भुमे स्वायत्त गापा–१ का तपजित घर्ती मगर र घोराही उपमहानगरपालिका–१३ का अविनाश थापा रहेका छन् । उनीहरुको साथबाट ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागु औाषध कारोबार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ दफा २२ (ग) बमोजिम दण्ड सजाय हुने ब्यवस्था छ ।


प्रतिकृया दिनुहोस