• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेभिडबाट आज एक जनाको निधन

समाचार

समाचार

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एक जनाको ज्यान गएको हो । 

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको ज्यान गइसकेको छ ।

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् ।

हाल २१ जना सक्रिय संक्रमित रहेका छन् । 

–रासस
 

प्रतिकृया दिनुहोस