४४४ संक्रमित थपिए,तीन जनाले ज्यान गुमाए
काठमाडाैं । नेपालमा थप ४ सय ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर १ हजार ९ सय ९६ जनाकाे पीसीआर परीक्षण गर्दा २ सय ११ जना र २ हजार ९ सय ५८ जनाकाे एन्टीजेन परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण पुष्टि भएकाे हाे । गत २४ घण्टामा देशभर ३ सय ७ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा थप ३ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । नेपालमा ४ हजार १ सय ९९ सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस