• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

५० जिल्लाका बालबालिकालाई आजदेखि कोभिड विरुद्धको खोप

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । सरकारले आजदेखि दोस्रो चरणअन्तर्गत ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर कोभिडविरुद्धको खोप अभियान थालेकाे छ ।

५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान आजदेखि सुरु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियान भदाै १६ गतेसम्म चल्नेछ ।

आजदेखि भदौ ११ गतेसम्म  बालबालिकालाई काेभिड विरुद्धको खोपको पहिलो डाेज दिइनेछ । पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि विद्यालयमै खोप केन्द्र राखिएकाे मन्त्रालयलयले जनाएकाे छ । 

अभियान अन्तर्गत प्रदेश-१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप लगाइनेछ ।

मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, वाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा खोप अभियान सञ्चालन हुनेछ ।

पहिलाे डाेज लगाएका बालबालिकालाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो डाेज लगाइने मन्त्रालयले जनाएकाे छ । फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयले सबैमा अनुराेध गरेकाे छ ।

 

प्रतिकृया दिनुहोस