नेपालमा कोभिडबाट ज्यान गुमाउनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
काठमाडाैं । काेभिड-१९ काे संक्रमणबाट ज्यान गुमाउनेमा अधिकांश खाेप नलगाएका व्यक्तिहरु रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नेपालमा अहिलेसम्म ज्यान गुमाएका संक्रमित मध्ये ७५ प्रतिशतले काेभिड विरुद्धकाे खाेप नलगाएका मन्त्रालयले जनाएकाे छ । संक्रमण फेरि बढिरहेकाे र यसकाे जाेखिममा खाेप नलगाएकाहरु रहेकाे उल्लेख गर्दै मन्त्रालयले पहिलाे,दाेस्राे र बुस्टर डाेज खाेप लगाउन सबैलाई अनुराेध गरेकाे छ ।
'हाल नेपालमा काेभिड-१९ संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशत भन्दा बढीले काेभिड-१९ विरुद्धकाे खाेप नलगाएकाे पाइएकाे छ, त्यसैले खोप नलगाएका उच्च जोखिममा रहेकाले सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछाैँ'- सूचनामा लेखिएकाे छ ।
.jpg)
.jpg)


प्रतिकृया दिनुहोस