• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एकैदिन थपिए ९३४ संक्रमित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा थप ९ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा देशभर २ हजार ८ सय ६२ जनाकाे पीसीआर परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ४ सय ८९ जनाकाे एन्टीजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा देशभर थप ४ सय ७० संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ७२ हजार ९ सय ६७ पुगेकाे मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप १ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ७२ पुगेकाे मन्त्रालयले जनाएकाे छ । देशभर हाल ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस