• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

६२० संक्रमित थपिँदा २९७ जना निकाे भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ६ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर २ हजार ६ सय ५१ जनाकाे पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार १ सय ९५ जनाकाे एन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

थप २ सय ९७ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ७० हजार ६२ पुगेकाे मन्त्रालयले आइतबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण थप १ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ६७ पुगेकाे छ । नेपालमा हाल ४ हजार ५ सय ६७ सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस