• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

२४ घण्टामा थपिए ५६४ संक्रमित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

गत २४ घण्टामा देशभर कुल ४ हजार ४ सय ५४ जनाको नमुना परीक्षण गर्दा ५ सय ६४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । २ हजार ७ सय ७८ जनाकाे पीसीआर परीक्षण गर्दा ४ सय १८ जना र १ हजार ६ सय ७६ जनाकाे एन्टीजेन परीक्षणका गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हाे ।

गत २४ घण्टामा देशभर २ सय २ जना संक्रमण मुक्त भएका मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । योसँगै देशभर कुल सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ पुगेको छ ।

गत २४ घण्टामा थप एक जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ । गत घण्टामा १ लाख १ हजार ६ सय जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस