भारतबाट फर्कनेमा कोभिड संक्रमण देखिँदै
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
शंकास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कने शंकास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको संख्या बढ्दो रुपमा रहेको छ ।
एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । 'आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजेटिभ देखिएको छ', उहाँले भन्नुभयो, 'गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।'
दैनिक दुई सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । 'एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ', उहाँले भन्नुभयो, 'अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।'
कोरोना परीक्षणका लागि आवश्यकपर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उहाँले बताउनुभयो । दैनिक सीमा नाका भएर फर्कनेको संख्या चारदेखि पाँच सयको संख्याको हाराहारीमा रहने गरेको छ ।
भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।
कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।
कारोनाको संक्रमित बढेपछि सीमा क्षेत्रमै परीक्षण
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिनेहरुबाट कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कनेहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले परीक्षण गर्न थालेका हुन् ।
शंकास्पद व्यक्तिमा सीमा क्षेत्रमै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ ।सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँचजनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमध्ये शङ्कास्पद व्यक्तिमा एन्टिजेट विधिबाट परीक्षण गर्दा पोजेटिभ नतिजा आउनेको सङ्ख्या बढ्दो छ ।
'एक साताको अवधिमा २२ जनामा सङ्क्रमण देखिएको र आज बिहान मात्रै चार जनाको नतिजा पोजेटिभ आएको पाइएको छ' उहाँले भन्नुभयो, 'गत मङ्गलबार पनि नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।'
दैनिक दुई सयभन्दा बढीमा एन्टिजेन परीक्षण हुँदै आएको छ । परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्सनमार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको, एम्बुलेन्स सेवा निःशुल्क गरिएको र अस्पतालमा परामर्श पश्चात् होम आइसोलेशनमा पठाइने गरिएको हेल्थडेस्क प्रमुख भट्टले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटलगायत सामग्री हालसम्म अभाव नरहेको उहाँले बताउनुभयो ।
दैनिक सीमा नाका भएर फर्कनेको संख्या चार सयदेखि पाँच सयको संख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणमा तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।
कोरोनाविरुद्ध जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँइदै आएको उहाँको भनाइ थियो । 'कोरोको संक्रमण पुनः फैलिन सक्ने सम्भावना भएकाले पूर्वतयारीका कार्य गरिरहेका छौँ' कार्यालय प्रमुख सुनारले भन्नुभयो, 'रोकथामका लागि करारमा नियुक्त कर्मचारीको म्याद थप्ने नथप्ने बारे अन्यौल भएको छ, म्याद नथपे स्वास्थ्यकर्मीको अभाव हुन्छ ।' हालसम्म कोरोना सङ्क्रमणका कारण अस्पतालमा भर्ना भएका भने कोही छैनन् ।
–रासस


प्रतिकृया दिनुहोस