काेभिड संक्रमण बढ्याे,सतर्क रहनू : स्वास्थ्य मन्त्रालय
काठमाडाैं । काेभिड-१९ संक्रमितकाे संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।
मन्त्रालयले बिहीबार १० बुँदे अपिल जारी गर्दै सतर्कता अपनाउन अनुराेध गरेकाे हाे । बढ्दाे संक्रमण जाेखिमलाई ध्यान दिँदै सबैले आ-आफ्नाे ठाउँमा सावधानी अपनाउन मन्त्रालयले अनुराेध गरेकाे छ ।
सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भिडभाड हुने ठाउँमा मास्कको अनिवार्य प्रयोग गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न मन्त्रालयले अनुराेध गरेकाे छ ।
मन्त्रालयले विमानस्थल, हवाईलगायत सार्वजनिक यातायात, गोष्ठी सेमिनार, बैठक, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरन्जनस्थल, स्टेडियम तथा सार्वजनिक ठाउँमा मास्क अनिवार्य गर्न पनि मन्त्रालयले अनुराेध गरेकाे छ र
काेभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न, अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुराेध गरेको छ ।

लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस