२४ घण्टामा थपिए १६८ संक्रमित
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या फेरि बढ्न थालेकाे छ ।
गत २४ घण्टामा देशभर थप १ सय ६८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभर १ हजार ८ सय ३४ जनाकाे पीसीआर परीक्षण गर्दा १ सय २९ जना र १ हजार १ सय ८६ जनाकाे एन्टीजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा थप ३७ जना संक्रमित निकाे भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ७ सय २४ पुगेकाे मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
कोभिडका कारण गत २४ घण्टामा कसैको ज्यान गएकाे छैन । नेपालमा हाल ७ सय ७० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस