• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१६२० नमुना परीक्षण गर्दा ६२ जनामा कोभिड

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ६ सय २० जनाकाे नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । १ हजार ८ जनाकाे पीसीआर परीक्षण गर्दा ५१ जना र ६ सय १२ जनाकाे एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९ संक्रमित निकाे भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ४ सय ४५ पुगेकाे मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा काेभिडबाट कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा हाल २ सय ६१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस