४४ संक्रमित थपिए,१७ जना निकाे भए
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या फेरि बढ्न थालेकाे छ ।
गत २४ घण्टामा देशभर ४४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभर १ हजार ८ सय ५२ जनाकाे पीसीआर परीक्षण गर्ला ३८ जना र ९ सय ४६ एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा थप १७ जना संक्रमित निको भएका मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ४ सय २६ पुगेकाे छ ।
गत २४ घण्टामा काेभिडका कारण कसैको पनि ज्यान गएकाे छैन । देशभर हाल २ सय २९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस