• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सुदूरका तीन जिल्लाका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

समाचार

समाचार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने बताउनुभयो ।

'कोरोना विरुद्धको खोप बालबालिकालाई लगाउने राष्ट्रिय कार्यक्रमअनरूप पहिलो चरणमा तीन जिल्लाका पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी छ', जनस्वास्थ्य निरीक्षक जोशीले भन्नुभयो, 'दोस्रो चरणमा बाँकी छ जिल्लामा साउन महिनाले उक्त खोप लगाइनेछ ।' उहाँले केन्द्रमा खोप आएपछि जिल्लामा पठाएर स्कूलमा गएर उक्त खोप लगाउने तयारी रहेको बताउनुभयो ।

८७ प्रतिशतले लगाए खोप

 त्यसैगरी कञ्चनपुरमा कोरोना विरुद्धको खोप ८६.२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप इन्चार्ज जनक कुवँरले यहाँ दोस्रो मात्रा गरेर ८७ प्रतिशतभन्दा बढी स्थानीयवासीले कोरोना विरुद्धको खोप लगाइसकेको बताउनुभयो । 'कोरोना विरुद्धको पहिलो मात्रा ७८ प्रतिशतले लगाएका छन् ।' कुवँरले भन्नुभयो, 'बुष्टर डोज यहाँ ३६ प्रतिशतले लगाएको तथ्याङ्क छ ।'

 उहाँले खोप प्रगतिमा सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुर पहिलो नम्बरमा रहेको बताउनुभयो । कोरोनाको संक्रमण न्यून रहे पनि यहाँको गड्डाचौकी नाकामा भने स्वास्थ्य कार्यालयले नियमित कोरोना परीक्षण र सावधानीबारे सचेतना फैलाइरहेको छ ।

केही दिनअघि यहाँ तीनमा कोरोना संक्रमण देखिएको थियो । भारतको राजधानी नयाँ दिल्लामा संक्रमण बढिरहेका बेला दूरीका हिसाबले नजिक पर्ने गड्डचौकीमा सतर्कता अपनाइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

–रासस

प्रतिकृया दिनुहोस