अब तीन दिनको मौसमबारे सरकारी निकायको आधिकारिक भविष्यवाणी
काठमाडौ । देशभरी जाडो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ । मौसममा आएको अचानकको परिवर्तन पछि नेपाल सरकारको मौसम पूर्वानुमान महाशाखाले मौसम सम्वन्धी सूचना जारी गरेको छ । महाशाखाले बिहिबार, शुक्रबार र शनिबार यस्तै मौसम कायम रहने भन्दै तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
माघ २४ गते (बिहिबार)
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिन्छ साथै पश्चिमि र मध्य भूभागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ ्र देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
राति स् देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ ।
माघ २५ गते ( शुक्रबार )
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ्र देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
राति स् देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।
माघ २६ गते ( शनिवार )
दिउँसो स् देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।
राति स् देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमि भेगमा सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।
त्यसै गरी महाशाखाले वाढी पहिरोको चेतावनी पनि जारी गरेको छ । जसमा लेखिएको छ-
देशका मध्य र पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलि सहित वर्षा र उच्च पहाडि लगायत हिमालि भेगमा हिमपात भइरहेको। आज देशका थोरै स्थानमा भारि वर्षाको संभावना । बदलिको र वर्षाको क्रम भोलि पनि रहने । पर्सिवाट पश्चिमि भेगमा सुधार तथापि मध्य र पूर्वमा आइतवारबाट खुल्ने।
देशका मध्य र पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलि सहित वर्षा र उच्च पहाडि लगायत हिमालि भेगमा हिमपात भइरहेको। आज देशका थोरै स्थानमा भारि वर्षाको संभावना । बदलिको र वर्षाको क्रम भोलि पनि रहने । पर्सिवाट पश्चिमि भेगमा सुधार तथापि मध्य र पूर्वमा आइतवारबाट खुल्ने।


प्रतिकृया दिनुहोस