• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना संक्रमण

समाचार

समाचार

बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।  

यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो ।  शुक्रबार २१६ जनामा  परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।  

स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।  

कोरोना संक्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कताअनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारीे छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण  भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उहाँको भनाइ थियो ।  

यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९ सय सात जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६ सय ४७ जनामा संक्रमण देखिएकामा  हालसम्म ६ सय ३३ जनाको ज्यान गइसकेको  जनाइएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस