१७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान
काठमाडाैं । सवारीसाधनमा चालू आवमा १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।
हालसम्म एक लाख ३५ हजार ३ सय ४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएर आठ हजार ३ सय ६७ सवारीसाधनमा जडान गरिएको छ ।
चालू आवमा दुई लाख ४६ हजार ६ सय ५२ सवारी चालक अनुमतिपत्र वितरण भएको छ ।
सार्वजनिक यातायातमा जिपिएस भेइकल ट्रयाकिङ प्रणाली लागू गर्न ३५ सार्वजनिक सवारीसाधनमा जडान गरिएको छ ।


प्रतिकृया दिनुहोस