• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बैतडीमा विद्युतीय राहदानी सेवा सुरु

समाचार

समाचार

बैतडी । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट  सेवा सुरु  गरेको छ । 

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र  भारतीले जानकारी दिनुभयो ।

ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाण्डौँ जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो ।

अब वैदेशिक रोजगारिमा जानेले जिल्ला  प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी  पाउने  र  विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले रु पाँच हजार शुल्क तिर्नुेपर्नेछ ।

यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाईएको छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो ।

यहाँबाट काठमाडौं गएर राहदानी बनाउनुपर्दा जिल्लावासीलाइ निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।

–रासस
 

प्रतिकृया दिनुहोस