• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

३९०३ नमुना परीक्षण गर्दा १४ जनामा काेभिड

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । देशभर थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

देशभर ३ हजार ३० जनाकाे पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ८ सय ७३ जनाकाे एन्टिजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर थप ५५ जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६६ हजार २ सय ५९ पुगेकाे मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा काेभिडबाट कसैको पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ ।  नेपालमा ४ सय ३८ सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस