• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कर्णालीमा ६९ प्रतिशतले लगाए कोभिडकाे दोस्रो मात्रा

समाचार

समाचार

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोभिडविरुद्धकाे दोस्रो मात्रा लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । 

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६ सय ८१ ले बुस्टर डोज लगाएको जानकारी दिनुभयो । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ । 

पछिल्लो समय कर्णालीमा कोभिड संक्रमण दर न्यून छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २६ रहेको छ । 

– रासस

प्रतिकृया दिनुहोस