• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

४५४३ नमुना परीक्षण गर्दा १७ जनामा काेभिड

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर र एन्टिजेन गरी कुल ४ हजार ५ सय ४३ स्वाब नमुना परीक्षण गर्दा १७ जना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । १ हजार ९ सय ९३ जनाकाे पीसीआर परीक्षण गर्दा ८ जना र  २ हजार ५ सय ५० जनाकाे एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा थप ४ सय ९ जना संक्रमित निकाे भएका मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६२ हजार ५ सय ८२ पुगेकाे छ ।

गत २४ घण्टामा काेभिडका कारण कसैकाे पनि ज्यान गएकाे नगएकाे मन्त्रालयले जनाएको छ । नेपालमा हाल ३ हजार ५ सय ९५ सक्रिय संक्रमित छन् । नेपालमा पछिल्लाे समय काेभिड संक्रमितकाे संख्या कम हुँदै गएकाे छ ।

 

प्रतिकृया दिनुहोस