• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सकियो भनेजुयला प्रकरण : प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र अमेरिकी राजदूत -याण्डी बेरी बीच भेटवार्ता भएको छ । चिसिएको सम्बन्ध सुधार गर्न यो भेट भएको स्रोतले बताएको छ । 

यो भेटसँगै भेनेजुयलाको विषयमा नेपालमा उठाइएको विवाद ‘चियाको कपभित्रको तुफान’ बनेको छ ।

उच्च स्रोत अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा के कुरा भयो भन्ने खुल्न सकेको छैन । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भेटका बारेमा आफूलाई थाहा नभएको बताए । प्रधानमन्त्रीले वेलायती राजदूतसँग भेट गरेको जानकारी दिँदै उनले भने— ‘म अहिले बाहिर अरु नै काममा छु, मलाई पछिल्लो खबर केही थाहा छैन ।’

भेनेजुयलाको आन्तरिक राजनीति र त्यसमा अमेरिकी चासोलाई लिएर नेपालमा बहस सिर्जना भइरहेको थियो । यो विषयमा परराष्ट्र मन्त्रलायले विज्ञप्ति जारी गर्नुप¥यो भने नेकपाको सचिवालय वैठकमा पनि अशोभनीय तरिकाले भेनेजुयलाको विषय घुसाइएको थियो । नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा आँच आउने ढंगले भेनेजुयलाको विषयमा विवाद उठाइँदा प्रधानमन्त्री ओली पनि खुसी थिएनन् र राजदूत बेरी पनि असन्तुष्ट बनेका थिए । 

गत साता सरकारले गरेको कूटनीतिक व्रिफिङमा अनुपस्थित भएर राजदूत बेरीले असन्तुष्टि प्रकट गरेका थिए । 

प्रधानमन्त्री र राजदूत बेरीको भेटसँगै भेनेजुयला प्रकरणबाट सुरु भएको अविश्वाश साम्य भएको बताइएको छ । कूटनीतिका एक जानकारले सनराइज खबरसँग टिप्पणी गर्दै भने— ‘भेनेजुयला विवाद चियाको कपमा उठाइएको तुफान जस्तो थियो, अब साम्य भयो ।’ उनले अब भेनेजुयलाको विषयमा नेपालभित्र विवाद गर्नुको अर्थ नभएको भन्दै मित्र राष्ट्रहरुसँग सम्वन्ध सुधार्न प्रधानमन्त्रीले गरेको पहल सार्थक भएको बताए ।


 

प्रतिकृया दिनुहोस