१०५ संक्रमित थपिँदा ३२० निकाे भए
काठमाडाैं । नेपालमा थप १ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर २ हजार ४ सय ४८ जनाकाे पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४ सय ७६ जनाकाे एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशभर थप ३ सय २० जना संक्रमित निकाे भएका मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५७ हजार ८ सय ८ पुगेकाे छ । नेपालका काेभिडमुक्त हुने दर ९८ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा काेभिडका कारण थप ३ जनाको संक्रमितकाे ज्यान गएको छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ४४ पुगेको छ । नेपालमा हाल ७ हजार ५ सय १७ सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस