• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एमालेको मागप्रति सत्तापक्ष गम्भीर भएन : सुवास नेम्वाङ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुका मागप्रति सत्तापक्ष गम्भीर नभएको बताउनु भएकाे छ ।

बुधबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले एमालेको मागप्रति सत्तापक्ष र सभामुख अग्निप्रसाद सापकाेटा गम्भीर नभएको बताउनुभएकाे । ‘वेल’मा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नै नभएको बताउँदै उहाँले भन्नुभयो- 'उहाँहरुले आनन्द मानिरहनुभएको छ, यो विषयमा सत्तापक्ष गम्भीर छैन, हामी बारम्बार भनिरहेका छौँ, हामीले उठाएका विषयमा गम्भीर हुनुपर्‍यो ।' 

सदन अवराेध गर्नु आफूहरुकाे रहर नभएर वाध्यता भएकाे उहाँले बताउनुभयाे । सभामुख सापकाेटा रेफ्री भए पनि उहाँले एमालेकै पोष्टभित्र गोल हानेकाले अप्ठेरो स्थिति सिर्जना भएको नेम्वाङले प्रष्ट पार्नुभयाे ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध सत्तापक्षले ल्याएको महाअभियोग पास गर्न नभइ दर्ताका लागि मात्र ल्याएको पनि उपनेता नेम्वाङले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'महाअभियोग पास गर्नका लागि होइन, दर्ता गर्नका लागि मात्रै ल्याउनुभएकाे हाे उहाँहरुले ।'

प्रतिकृया दिनुहोस