१२७ जना संक्रमित थपिए,तीन जनाले ज्यान गुमाए
काठमाडाैं । नेपालमा थप १ सय २७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर ४ हजार ६ सय ७२ जनाकाे पीसीआर परीक्षण गर्दा १ सयय २३ जना र २ हजार २ सय २ जनाकाे एन्टिजेन परीक्षण गर्द ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ३ सय २१ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५७ हजार ४ सय ८८ पुगेकाे मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा थप ३ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ४१ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल ७ हजार ७ सय ७० जना सक्रिय संक्रमित छन् ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस