एक लाख ४२ हजारले लगाए कोभिडविरुद्धको खोप
बैतडी । कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक लाख ४२ हजार नाघेको छ ।
स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६ सय २९ जनाले खोपको पहिलो मात्रा लगाएका हुन् । यस्तै बुस्टर डोज भने चार हजार ३०१ जनाले मात्र लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका २४ हजार तीन सय ९९ ले खोपको पहिलो मात्रा र २२ हजार ६ सय ९५ ले पूर्ण खोप लगाएका छन् । यस्तै पाटन नगरपालिकाका १६ हजार १७ले खोपको पहिलो मात्रा र २६ हजार चार सय ९५ जनाले पूर्ण खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकाका २१ हजार तीन सय ४०ले पहिलो र १८ हजार चार सय ६३ जनाले पूर्ण खोप लगाएका छन् ।
यसैगरी मेलौली नगरपालिकाका १३ हजार सात सय ८५ले पहिलो मात्रा र १० हजार आठ सय ४१ जनाले पूर्ण खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकाका १७ हजार सात सय ३३ ले पहिलो मात्रा र ८ हजार चार सय ४३ जनाले पूर्ण खोप लगाएका छन् ।
दोगडाकेदार, सुर्नया पञ्चेश्वर, शिवनाथ, सिगास गाउँपालिकाका बासिन्दाले पनि पहिलो खोप लगाइसकेका र पूर्ण खोप गउनेहरूको संख्या पनि बढदै गएको बताइएको छ । जिल्लामा १२ वर्षमाथिका नागरिकलाई कोभिडविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको र सबै स्थानीय तहबाटे खोप अभियान निरन्तर चलिरहेको बताइएको छ ।
– रासस


प्रतिकृया दिनुहोस