• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२७५ संक्रमित थपिँदा ५५५ जना निकाे भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप २ सय ७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर ५ हजार ४ सय ५२ जनाकाे पीसीआर परीक्षण गर्दा १ सय ५८ जना र ३ हजार १ सय ७६ जनाकाे एन्टिजेन परीक्षण गर्दा १ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप ५ सय ५५ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेकाे मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप १ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ३२ जनाको पुगेकाे छ । नेपालमा हाल ९ हजार २ सय ८० जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस