• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

४७६ संक्रमित थपिए,तीन जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ४ सय ७६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर ६ हजार ६ सय ४ जनाकाे पीसीआर परीक्षण गर्दा २ सय ९९ जना र २ हजार ८ सय २० जनाकाे एन्टिजेन परीक्षण गर्दा १ सय ७७ जनाम संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा थप ८ सय ३१ संक्रमित निको भएका मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५३ हजार ४ सय ३० पुगेकाे छ ।

गत २४ घण्टामा थप ३ जनाकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय २८ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल १० हजार ७ सय ४७ सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस