युवा संघले माग्यो खोप चोरीबारे स्वास्थ्य सेवा विभागसँग जानकारी
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारसँग ‘खोप चोरी काण्ड’ माथि भइरहेको छानविन प्रक्रियाबारे जानकारी मागेको छ ।
युवा संघकाे केन्द्रीय स्वास्थ्य विभागले आइतबार आइतबार बिहान टेकुस्थित स्वास्थ्य सेवा विभागको कार्यालय पुगेर छानविन प्रक्रियाबारे जानकारी मागेको हो । खाेप चाेरी काण्डमाथिकाे छानबिन कसरी अगाडि बढिरहेकाे छ भन्नेबारे विभागसँग जानकारी मागिएकाे युवा संघले जनाएकाे छ ।
युवा संघका केन्द्रीय प्रचार विभाग प्रमुख महाराज गुरुङले २४ लाख खोप स्वास्थ्य मन्त्रालयले गायब पारेको बताउनुभयाे । यसकाे सत्यतथ्य बाहिर आउनुपर्ने भन्दै उहाँले २४ लाख खोप हराएको भन्दै विभागसँगकाे त्यसको स्रोत माग गरिएकाे बताउनुभयाे ।
विभागले खाेपबारे जानकारी गराएपनि खोपको पूरै विवरण दिन नसकेकाे गुरुङले बताउनुभयाे ।


प्रतिकृया दिनुहोस