• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि बुस्टर डाेज

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

आजदेखि सबै १८ वर्ष माथिका सबै नागरिकले ताेकिएका खाेप केन्द्रबाट बुस्टर डाेज लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पूर्ण अर्थात दोस्रो डोज खोप लगाएर ६ महिना पूरा भएकाले मात्र आजदेखि बुस्टर डोज लिन पाउने छन् ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिइने सरकारले जनाएकाे छ । यसअघि जुन खाेप लगाएकाे हाे त्याे खाेप नदिइ सरकारले बुस्टर डाेजका रुपमा फरक खाेप दिन लागेकाे हाे ।

 

प्रतिकृया दिनुहोस