• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४११ जना संक्रमित थपिए,१४ जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप २ हजार ४ सय ११ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

देशभर ११ हजार ६ सय ३ जनाकाे पीसीआर परीक्षणका गर्दा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टिजेन परिक्षण गर्दा ५ सय ५० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा थप ७ हजार ७ सय ७७ संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ७० हजार ४ सय ६२ पुगेकाे मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप १४ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ८ सय ५१  पुगेकाे छ ।नेपालमा हाल ३० हजार २ सय ४१ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस