चाँडै नै सबै नागरिकलाई बुस्टर डाेज दिन्छाैँ : स्वास्थ्य मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चाँडै नै सबै नागरिकलाई काेभिड-१९ विरुद्ध बुस्टर डाेज खाेप दिइने बताउनुभएकाे छ ।
बुधबार ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेकाे एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अबकाे केही दिनमै सबै नागरिकलाई बुस्टर डाेज खाेप दिइने बताउनुभयाे ।अहिले अग्रपंक्तिमा काम गर्नेहरुलाई दिइएरहेको बुष्टर डोज केही दिनभित्रै सबै नागरिकलाई दिइने उहाँले बताउनुभयाे ।
विद्यार्थीका लागि पनि खोप दिने थालिएकाे भन्दै मन्त्री खतिवडाले यसलाई अझ प्रभावकारी बनाइने बताउनुभयाे । थप खोप ल्याउने क्रममा रहेको जानकारी दिँदै उहाँले खाेप अभाव हुन नदिने दाबी पनि गर्नुभयाे ।
विपन्न वर्गका लागि स्वास्थ्य उपचार निशुल्क नै रहेको भन्दै उहाँले सर्वसाधारणमा जानकारी नहुँदा सेवा प्रभावकारी हुन नसकेको बताउनुभयाे । अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदूर लगायत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस