• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बेलायतबाट आठ लाख मात्रा खोप नेपाल आइपुग्यो

समाचार

समाचार

काठमाडौं । बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको आज आठ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ । अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ ।

–रासस

प्रतिकृया दिनुहोस