• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१५७० संक्रमित थपिए,१३ जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप १ हजार ५ सय ७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर ७ हजार ८ सय ७४ जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार २२ जना र ३ हजार ४ सय ९१ जनाकाे एन्टिजेन परीक्षण गर्दा ५ सय ४८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप ६ हजार १ सय ४६ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख १५ हजार ४ सय ८९ पुगेकाे मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप १३ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ । नेपालमा ४० हजार १ सय ११ सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस