• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप

समाचार

समाचार

महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरुमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो । 'सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौँ', कुवँरले भन्नुभयो, 'केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।'

त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 'यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके', उहाँले भन्नुभयो, 'भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।'

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा कोरोना संक्रमणबाट हालसम्म दुई सय आठ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस