काठमाडाैंमा आजदेखि फाइजर खोपको दोस्रो डाेज लगाइँदै
काठमाडौं । काठमाडाैं महानगरपालिकामा आजदेखि काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाइँदैछ ।
आजदेखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो डाेज लगाउने कार्यक्रम सञ्चालन रहेकाे काठमाडौं महानगरपालिकाले जनाएकाे छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको माघ २० गतेको निर्णयअनुसार महानगरले फाइजरको दोस्रो डाेज खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।
शनिबार बाहेक बिहान १० देखि अपरान्ह ४ बजेसम्म ताेकिएका वडा तथा खाेप केन्द्रमा गएर खाेप लगाउन सकिने महानगरले जनाएकाे छ । पहिलाे डाेज खाेप लगाएकाे खाेप कार्ड लिएर खाेप केन्द्रमा जान पनि महानगरले अनुराेध गरेकाे छ ।
.jpg)


प्रतिकृया दिनुहोस